सुनको मूल्य ३ हजार रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मूल्य ३ हजार रुपैयाँले घट्यो

gold and silver

काठमाडौं, ३० फागुन । नेपालको बजारमा सुनको भाउ शुक्रबार तोलामा ३ हजार रुपैयाँ घटेको छ । बिहिबार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रबार ७८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी शुक्रबार छापाबाल सुनको मुल्य ७८ हजार २ सय रहेको छ । गत मंगलबार सुन अहिलेसम्मकै सबैभन्दाबढी उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य शुक्रबार एकैपटक ह्वात्तै झरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि शुक्रबार तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा झरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);