औषधी 'ल्वाङ' | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

विशेष गरि मासु, खिर, खिचडी जस्ता पकवानमा स्वाद ल्याउनको लागि प्रयोग गरिने ल्वाङको औषधीको रुपमा प्रयोग गर्दा पनि स्वास्थ्य समस्या हटाउन मद्दत गर्छ ।

पेटमा ग्याष्ट्रिकको समस्या
एक कप उम्लिदै गरेको पानीमा दुई वटा ल्वाङ पिनेर हाल्नुहोस् । अनी सेलाएपछि खाँदा पेटबाट ग्यासको समस्या हट्छ ।

दाँत दुखेमा
दुई वटा ल्वाङमा एक चम्चा जति कागतीको रस राख्नुहोस् । अनी त्यसलाई लेप बनाएर दाँतमा राख्दा दुखाई कम हुन्छ । र तपाईलाई चाँडै आराम मिल्छ ।

मुख गन्हाउने समस्या
ल्वाङलाई अलैचीसँग मिसाएर खाँदा तपाईको मुख गन्हाउन छोड्छ र ताजा सासको अनुभुति दिन्छ ।

रुघा खोकी
तातोपानीमा दुई तीनवटा ल्वाङ अनि केही तुल्सीको पात मिसाउनुहोस् र एक चम्चा जति मह मिसाएर खाुनहोुस् । यसरी खाँदा तपाईको रुघाखोकी यसले कम गर्छ ।

गर्दन दुखेमा
दुईवटा जति ल्वाङलाई पिनेर सरसिउँको तेलमा राख्नुहोस् । हल्का रुपमा गर्दनमा मालिस गर्नुहोस् । यसो गर्नाले तपाईलाई दुखाईबाट पुर्णरुपमा छुटकारा मिल्छ ।

पेटमा जुका परेमा
दुइवटा जति ल्वाङ पिनेर १ चम्चा जति मह हालेर केही दिन खानुपर्छ ।

मानसिक तनाव
तातो पानीमा ल्वाङ, तुलसी र पुदीनाको केही पात मिसाएर खाँदा दिमागको स्टे«स कम गराउँछ ।

टाउको दुखेमा
यसलाई अलिकति कपुरसँग पिस्नुहोस् अनी नरीवलको तेलसँग मिसाएर टाउकोमा लगाउनुहोस् । यसो गर्नाले तपाईको टाउको दुखाई कम हुन्छ ।

कपालको सुख्खापन
केही ल्वाङको धुलो र जौँको तेललाई हल्का तातो बनाएर कपालमा लगाउँदा कपालको रखोपन हराएर जान्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);