सुर्खेत, २१ फागुन । सुर्खेतमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगर–१५ स्थित राउटे गल्छेनामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यसैगरी दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन ।
दैलेखको धरमपोखराबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप आफै अनयिन्त्रति भई बाटोदेखि करिब ४सय मीटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको वीरेन्द्रनगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।