कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा चेकजाँचमा कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा चेकजाँचमा कडाई

Tribhuvan-International-Airport-aviationnepal

काठमाडौं, २० फागुन । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विमानस्थलको जनशक्ति समेत दोब्बर पारिएको बताउनुभयो । एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उहाँले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न सुरु गरिएको बताउनुभएको छ ।

दक्षिण कोरियाबाट फर्किएका ७ जना नेपाली नागरिकहरुमा सामान्य लक्षण देखिएपछि आइसोलेसनमा राखिएको उहाँले बताउनुभयो । २ जना घर फर्किसकेका छन् भने ५ जनाको रिपोर्ट मंगलबार आउनेछ ।

वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले नेपालमा चीन, जापान लगायत प्रभावित क्षेत्रका नागरिकहरु अहिलेपनि निर्वाध रुपमा आवत जावत गरिरहेको बताउनुभयो । विभिन्न देशबाट नेपालीहरु पनि फर्किरहेको अवस्थामा बढी जनघनत्व भएको उपत्यकामा यसको संक्रमण फैलिए ठूलो रुप लिने उहाँको भनाई छ ।

मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले नियमित रुपमा साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन् । ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दिर्घरोगीमा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पु¥याउन पनि आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);