भारत र अमेरिकाबीच ३ अर्ब अमेरिकी डलरको रक्षा सम्झौता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

भारत र अमेरिकाबीच ३ अर्ब अमेरिकी डलरको रक्षा सम्झौता

modi and trump in india

एजेन्सी, १३ फागुन । भारत र अमेरिकाबीच ३ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको छ । भारतको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी बिच मंगलबार हैदराबाद हाउसमा भएको छलफलमा ३ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

छलफलपछि दुवै नेताले संयुक्त सम्बोघन मार्फत ३ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको जानकारी दिएका हुन् । २ दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको मंगलबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ ।

एक कार्यक्रमबीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले औपचारिक स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत मन्त्रिपरिषदका सदस्यहरुको उपस्थिती रहेको थियो ।

स्वागत कार्यक्रम पछि ट्रम्प राजघाट स्थित महात्मा गान्धीको समाधि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । मंगलबार नै भारतीय समकक्षी रामनाथ कोविन्दले आयोजना गरेको रात्री भोजमा सहभागि भएर ट्रम्प आजै स्वदेश फर्कने कार्यक्रम छ ।

सोमबार भारत भ्रमणमा आएका ट्रम्पलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । विमानस्थलबाट साबरमति आश्रम पुगेका ट्रम्पले महात्मा गान्धिको तस्बीरमा माल्यापर्ण गरेर चर्खा घुमाए ।

त्यसपछि अहमदावादमा नवनिर्मित मोटेरा क्रिकेट रंगशाला आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गरेका थिए । अहमदावादपछि ट्रम्पले आगरास्थित ताजमहलको अवलोकन गरेर राजधानी नयाँदिल्ली फर्केका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);