सरकारले जनमत अनुसारको काम गर्न नसकेको कांग्रेसको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारले जनमत अनुसारको काम गर्न नसकेको कांग्रेसको आरोप

congress-dang

दाङ, १३ फागुन । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बर्तमान सरकारले जनमत अनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् । सोमबार दाङको घोराहीमा आयोजित बिचार गोष्ठीमा बोल्दै कांग्रेसका नेताहरुले सरकारको कडा रुपमा आलोचना गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले सरकार संविधान कार्यान्वयनको पक्षमा समेत कमजोर देखिएको बताउनुभयो । उहाँले भ्रष्टाचार, अनियमिततामा सरकार आफै संलग्न रहेको आरोप लगाउदै प्रधानमन्त्री माथि नै प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, फाउण्डेशनका जिल्ला संयोजक गोविन्द पोख्रेल लगाएतकाले नेताहरुले शान्ति प्रकृयामा गिरीजाप्रसाद कोइरालाको योगदान प्रशंसनिय रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);