मनाङद्वारा बेलबारी फुटबल क्लब ४–० गोल अन्तरले पराजित
धरान, १२ फागनु । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको धरान रंगशालामा सोमबार भएको खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जितमा दयानन्द सिंहले दुई गोल गरे ।
यस्तै निशान लिम्बु र विमल रानाले एक –एक गोल गरे । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।