मतदान गरेर घर फर्किँदै गरेका एक व्यक्तिको बीच बाटोमै निधन | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

धनुषा, २ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर २ मा मतदान जारी छ। धनुषाको एक मतदान केन्द्रमा मत खसालेर आउँदै गर्दा एक जनाको बीब बाटोमै मृत्यु भएको छ।

धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेको अवस्थामा मतदाताको मृत्यु भएको हो। मृत्यु हुनेमा बटेश्वर गाउँपालिका १ का अन्दाजी ६२ वर्षीय योगेन्द्र सिंह रहेको जनाइएको छ।

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने बेला उनको निधन भएको राजपा नेपालका विद्यार्थी नेता प्रदिप मन्डलले बताए। सिंहको हृदयघातका कारण निधन भएको बताइएको छ।