अन्तत: आयल निगमका प्रमुख गोपालबहादुर खड्का बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

काठमाण्डौँ, २ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरिएको छ । अनियमितता गरको र विभागीय मन्त्रीलाई अटेर गरेको भेटिएपछि खड्कालाई सरकारले बर्खास्त गरेको हो ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले पदच्युत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।

विभिन्न ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालय अन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रीपरिषदमा पेश गरेका थिए ।