बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

grihamantri-baskota audio kanda

हेटौँडा, ११ फागुन । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताउनुभएको छ ।

आइतबार मकवानपुरको हेटौँडामा आयोजित बाग्मती प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा भाग लिन पुग्नुभएका गृहमन्त्री थापाले संचारकर्मीसंग बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएकोप्रति छानबीन गर्ने बताउनुभएको हो ।

थापाले बास्कोटाका बारे सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्ने उल्लेख गर्नुभयो । नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताउनुभयो । उहाँले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गर्नुभयो ।

एमसीसीको विषयमा सत्तारुढ नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै गृहमन्त्री थापाले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने उल्लेख गर्नुभयो । एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उहाँको भनाइ थियो । यसैगरी नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट टुंगो लाग्ने पनि मन्त्री थापाले उल्लेख गर्नुभयो ।

सुरक्षा गोष्ठीमा वाग्मती प्रदेशअन्तर्गत् १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीलगायत सहभागी छन् ।

ताजा समाचार