सडक कालोपत्रे भएपछि आवातजावतमा सहज | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सडक कालोपत्रे भएपछि आवातजावतमा सहज

sadak kalopatre jhapa

झापा, ६ फागुन । झापाको बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङ खोलाको किनारसम्म सडक कालोपत्रे भएपछि त्यस क्षेत्रका स्थानीयलाई आवातजावतमा तथा कृषकहरुलाई पनि आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ ।

सुगम जिल्ला झापाको दुर्गम गाउँका रुपमा रहेको बाह्रदशी गाउँपालिका विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । आदिवासी समुदायको बाहुल्यता रहेको बाह्रदशी गाउँपालिका–१ भागुडुब्बामा स्थानीय तहको निर्वाचनपछि अहिले विकास निर्माणका कामले गति लिएको छ ।

सिमा क्षेत्र विकास कार्यक्रम अन्तरगत ४१ लाख रुपैयाँको लागतमा बाह्रदशी गाउँपालिका भित्र भागुडुब्बा बजार पश्चिम बिरिङ खोलाको किनारसम्मको सडक कालोपत्रे गरिएसंगै आवागमनमा सहज भएको स्थानीयको भनाई छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाबाट विरिङ खोलासम्मको कालोपत्रे सडक त्यस गाउँपालिका भित्रकै पहिलो र नमूनाको रुपमा रहेको छ । यो सडक निर्माणसंगै यस क्षेत्रका स्थानीयलाई भागुडुब्बा र राजगढ बजार आउन तथा भारतीय वजार दिघलबैंकसम्म जान समेत सहज भएको छ ।

गाउँ–गाउँका सडक कालोपत्रे गरेसंगै बाह्रदशी गाउँपालिका मात्र होइन झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाका स्थानीयवासी समेत खुशी भएका छन् । स्थानीय तहको निर्वाचन अघि झापाका मुख्य शहर बिर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्ने बाहेक अन्य सडक पक्की थिएनन् ।

जिल्लामा दुर्गम मानिने कचनकवल गाउँपालिका क्षेत्रमा अहिले दुई लेनको कालोपत्रे सडक पुगेको छ । यसबाट गाउँका तरकारी लगायतका बाली सहरमा बिक्री गर्न लैजान सहज भएको बाह्रदशीका कृषकहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);