काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले आजको सम्बोधन मार्फत आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसदलाई जानकारी गराउनुहुने कार्यतालिका रहेको थियो ।