'पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तु संग्राहलयमा राखिने' | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

‘पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तु संग्राहलयमा राखिने’

yogesh-sampada

काठमाडौं, २६ माघ । सरकारले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ ।

आइतबार पुरातत्व विभागले सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताउनुभएको हो ।

मन्त्री भट्टराइले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको समेत उल्लेख गर्नुभयो ।  उहाँले भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदा क्षति भएकोमा ४ सय वटाको पुननिर्माण सम्पन्न भइसकेको समेत जानकारी दिनुभयो । उहाँले बाँकी सम्पदा अवको २ वर्ष भित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);