बालुवाटर जग्गा प्रकरणमा अख्तियार पूर्वाग्रही भएको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

बालुवाटर जग्गा प्रकरणमा अख्तियार पूर्वाग्रही भएको देउवाको आरोप

विजय गच्छदार विरुद्धको मुद्दा तत्काल फिर्ता लिन माग

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वालुवाटर जग्गा प्रकरणमा अख्तियारको काम पूर्वाग्रही भएको आरोप लगाउनु भएको छ ।

शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानले शनिबार रामेछापको मन्थलीमा आयोजना गरेको शव वाहन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दे सभापती देउवाले अख्तियारको कार्यप्रति प्रश्न उठाउनु भएको हो । उहाँले पार्टी उपसभापति बिजय कुमार गच्छदारमाथि षड्यन्त्रपुर्ण रुपमा चलाइएको मुद्दा तत्काल फिर्ता लिन माग समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र लालपुर्जा बोक्ने नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाउनु मान्य नहुने बताउनु भयो ।

शर्माले गल्ती गरेको प्रमाणित भए गच्छदार सहित तत्कालिन प्रधानमन्त्री नेपाल र नेकपा महासचिव पौडेलले पनि उन्मुक्ति पाउन नहुने टिप्पणी गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);