काठमाडौं, २२ माघ । बुधबार शेयरबजार परिसूचक नेप्से बढेपनि कारोबार भने घटेको छ । नेप्से ५दशमलव ३१ अंकले बढेर परिसूचक १ हजार ३सय ४२दशमलव ३६ अंकमा पुगेको छ ।
१ सय ७७ कम्पनीका ३२ लाख ६० हजार १ सय ९८ कित्ताशेयर १२ हजार ४ सय ४० पटकको कारोबारबाट १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९ सय ९ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०दशमलव ९३ अंकले बढेर २सय ८५दशमलव ९२ अंकमा पुगेको छ । बुधबार कारोबार भएका १२ समूहमध्ये ८ वटा समूहको सूचक उकालो लागेको छ ।
सिभिल बैंकको सबैभन्दा बढी १३ करोड बढीको कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९७ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६दशमलव २५ प्रतिशतले गुमाएका छन ।