काठमाडौं, २० माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब बीबीसी क्लबलाई पराजित गरेको छ । ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । खेलमा जावलाखेलका दिलन लोक्ताम म्यान अफ दि म्याच चुनिए ।
जारी लिगमा जावलाखेलको यो चौंथो जित हो । जितसँगै १० खेलमा १५ अंक जोडेर जावलाखेल लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । ब्रिगेड १० खेलमा ८ अंकसंगै ११ औं स्थानमा रहेको छ ।