ए डिभिजनमा आज ब्रिगेड र जावलाखेल तथा मनाङ र च्यासल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ए डिभिजनमा आज ब्रिगेड र जावलाखेल तथा मनाङ र च्यासल भिड्दै

A division league

काठमाडौं, २० माघ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने दुबै खेलमध्ये पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब भिड्ने छन् भने दोस्रो खेलमा उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबसँग खेल्नेछ ।

लिगमा मनाङ मर्स्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्दै मनाङ शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबसँग एक अंकको दुरी बनाउन चाहन्छ । आर्मी क्लबको १० खेलबाट २३ अंक छ ।

आइतबर भएको खेलमा पुलिस क्लबलाई ४–२ ले हराउँदै आर्मी क्लब तालिकाको शिर्ष स्थानमा फर्किएको हो । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);