सडक बत्ती जडान भएपछि स्थानीय हर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

सडक बत्ती जडान भएपछि स्थानीय हर्षित

sadak batti dang

दाङ, २० माघ । दाङको घोराही बजारमा मुख्य ३ स्थानमा सडक बत्ती जडान भएपछि स्थानीयहरु हर्षित भएका छन् । बजारको सडकमा बत्ती नहुदाँ रातको समयमा हिड्न समेत समस्या हुने स्थानीयहरु अहिले उज्यालोमा हिड्न पाएका छन् ।

दाङको घोराही उपमहानगरपालिकाले घोराही बजारका मुख्य ३ स्थानमा ७१ वटा सडक बत्ती जडान गरेको छ । उपमहानगरपालिकाले एक गैर सरकारी संस्थासंगको सहकार्यमा सडक बत्ती जडान गरेको हो ।

सडकमा राखिएका पुराना बत्तीहरु काम नलाग्ने भएपछि स्थानीयहरु अध्याँरोमा हिड्न बाध्य थिए । तर अहिले रातको समयमा झलमल्ल बत्ती बलेपछि हर्षित स्थानीयहरुले यस्तो कार्य दिगो हुनु पर्ने धारणा राखेका छन् ।

उपमहानगर र कम्पनीबीच सम्झौता भई पहिलो चरणमा कटुवा खोलादेखि रतनपुर चोक , नेपाल बैंक चोक देखि शहिद गेट र तुलसीपुर चोकदेखि दामोदर चोक सम्मको सडकमा ७१ वटा बत्ती जडान गरिएको हो । कम्पनीले २ करोडको लगानीमा बिज्ञापन सामग्री राख्ने गरी बिद्युतीय सडक बत्ती, यात्रु प्रतिक्षालय र ट्राफिक आईल्यान्ड निर्माण गर्ने भएको हो । घोराही उपमहानगरपालिकाले १५ बर्ष सम्मका लागि यसको जिम्मेवारी कम्पनीलाई दिएको छ ।

केही समयपछि बजारमा फराकिलो सडक भएका अन्य ठाउँहरुमा पनि सडक बत्ती जडान गर्ने उपमहानगरपालिका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिनुभयो ।

रातको समयमा गाडीको बत्तीको भरमा हिड्नु पर्ने स्थानीयलाई अहिले सडक बत्ती नै भएपछि आवातजावत गर्न सहज भएको छ । सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थनीयको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);