चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत घुससहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत घुससहित पक्राउ

yuvraj poudel

काठमाडौं, २० माघ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवारज पौडेल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित चन्द्रागिरी–१२ स्थित वलम्बु च्याउ सहकारी अगाडि जाँदै गर्दा पक्राउ गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकम मध्येबाट अधिकृत पौडेलले घूस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले स्टिंग अपरेशन चालेको थियो ।

अधिकृत पौडेलले घूस वापतको पैसा लिनका लागि आफ्ना सवारी चालक सञ्चित दुलालाई पठाएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);