आज शहिद दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

आज शहिद दिवस मनाइँदै

said diwash

काठमाडौं, १६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदको सम्मानमा आज शहिद दिवस मनाइँदै

वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानमा शहिद दिवस मनाइएको हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिन्छ । निरंकुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ समेत मनाइँदै आएको छ ।