करोरोना भाइरस प्रभाव : हिमालयन एयरलाइन्सद्वारा चीनका तीन गन्तव्यमा उडान स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

करोरोना भाइरस प्रभाव : हिमालयन एयरलाइन्सद्वारा चीनका तीन गन्तव्यमा उडान स्थगित

himalayan-airlines

काठमाडौं, १४ माघ । उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालयन एयरलाइन्सले तत्कालिका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ ।

केही सातादेखि चीनमा आक्राम रुपमा फैलिएको यो भाइरसका कारण चिनियाँ सरकारले समेत आफ्ना नागरिकलाई बाहिर जान बन्देज लगाएको अवस्थामा तत्कालका लागि चाङमा, कुइयाङ र शन्चेनमा उडान स्थगित गरेको हो ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कम्पनीले काठमाडौँ–पेचिङ र काठमाडौँ–चोङछिङ उडान भने नियमित नै गर्नेछ । यो समाचार आजको आर्थिक अभियानमा हिमा विकले लेखेकी छिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);