६ महिनामा लक्ष्यको ३८ प्रतिशत मात्र राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

६ महिनामा लक्ष्यको ३८ प्रतिशत मात्र राजश्व संकलन

mechi bhansar jhapa

झापा, १२ माघ । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा लक्ष्यको ३८ प्रतिशत मात्र राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा १३ अर्ब २४ करोड १९ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकिएको मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको ६ महिनामा कार्यालयले लक्ष्यको ३८ प्रतिशत अर्थात ५ अर्व ६८ करोड ४१ लाख एक हजार ३ सय १० रुपैयाँ मात्र राजश्व संकलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ ।

६८ औं विश्व भन्सार दिवसको अवसरमा कार्यालयमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय भारत लगायत तेस्रो देशबाट सामान आयात घटेको र निर्यात बढेकाले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको बताउनुभयो । उहाँले १०.६४ प्रतिशतले आयात घटेको र १७ प्रतिशतले निर्यात बढ्दा लक्ष्य प्राप्ति हुन नसकेको बताउनुभयो ।

पूर्वी नाका काँकरभिट्टा हुँदै सबै भन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रने गरेको छ भने सबै भन्दा बढी यो नाका भएर अलैंली नियात हुने गरेको छ ।

यसैबीच कार्यालयले विश्व भन्सार दिवसको अवसर पारेर आज नै काँकरभिट्टामा प्रभात फेरिको आयोजना गरेको छ । मेची भन्सार कार्यालयबाट निकालिएको र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);