बारामा उम्मेदवारको नागरिकता खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बारा, १ असोज । बारामा एक नेकपा एमाले उम्मेदवारको नागरिकता खारेज गरिएको छ । निजगढ वडा नम्बर ४ मा अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जयराम कुनवरले दाहोरो नागरिक्ता लिएको भन्दै जिल्ला प्रशासन कार्यलय बाराले नागरिकता खारेज गरेको छ ।

जिल्ला प्रशासन कार्यलयका अनुसार कुनवरले २०६० वैशाख १४ गते पहिलो पटक इलाका प्रशासन कार्यलयबाट बनाएका थिए भने २०६३ माघ २१ गते अर्को नागरिकता लिएका थिए । कुनवरको दोस्रो पल्ट लिएको नागरिकता खारेज भएको हो ।

जिल्ला निर्वाचन कार्यालय बाराले निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै त्यसै अनसार कारवाही गरिने जानकारी दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);