जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुम, ३१ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले जनयुद्धको समयमा चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको बताएका छन् ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अरु राजनीतिक दलले माने पनि वा नमाने पनि अहिलेको स्थानीय तह भनेको हिजोका ‘जनसत्ता’ नै हुन् प्रचण्डले भने ।

आफ्नै अहंकारले तेश्रो पार्टी
पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले अहिले तेश्रो बन्न पुगेको भन्दै प्रचण्डले दुखेसो गरे ।

माओवादी केन्द्र जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकेन फलस्वरुप स्थानीय तहको चुनावमा तेश्रो हुन पुग्यौ उनले भने । ‘माओवादीको पक्षमा परिणाम नआए पनि हाम्रो ऐजेण्डाले जितेको छ’ प्रचण्डले भने ।

मंसिरमा हुने निर्वाचन पछि माओवादी ठूलो पार्टी

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने प्रचण्डले दावी गरे । पछिल्लो समयमा विभिन्न राजनीतिक दलका कार्यकर्ता माओवादी केन्द्रमा फर्कने लहर चलेकाले मंसिरमा हुने निर्वाचनमा माओवादी केन्द्र ठूलो पार्टी बन्नेमा उनले विश्वास गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);