कोपा डेल रे फुटबलमा बार्सिलोनाको जित | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

कोपा डेल रे फुटबलमा बार्सिलोनाको जित

copa del ray

एजेन्सी, ९ माघ । बुधबार राति भएको खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसागै बार्सिलोनाले ३२ पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पछिल्ला पाँच सिजनमा उसले चार पटक उपाधिमा कब्जा जमाएको छ । लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारिएको थियो । खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए । बार्सा स्टार ग्रिजम्यानले ७२ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जिताएका थिए ।