गोदावरी सडकको दुरावस्था : ३ वर्षमा पनि प्रगति न्युन ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गोदावरी सडकको दुरावस्था : ३ वर्षमा पनि प्रगति न्युन !

godawari road

ललितपुर, ८ माघ । उपत्यकामा निर्माणाधिन अधिकांश सडकहरु अलपत्र अवस्थामा छन् । काठमाडौं, भक्तपुर र ललिपुरमा निर्माण तथा विस्तार गरिएका सडकले पूर्णता पाउन नसक्दा स्थानीय जनता तथा सवारीसाधन सहज रुपमा आवतजावत गर्नसमेत कठिन परेको देखिन्छ । त्यस मध्येको एक हो ललितपुरको सातदोबाटोदेखि गोदावरी सम्मको सडक । ३ वर्ष अघि निर्माण सुरु गरीएको यो सडक यो वा त्यो बहानामा बन्न नसक्दा स्थानीयहरु निराश बनेका छन् ।

ललितपुरको गोदावरी पर्यटकीय स्थलका रुपमा परिचित छ । गोदावरीमा आन्तरिक तथा बाह्य गरी दैनिक धेरैको संख्यामा पर्यटकहरु घुम्नका लािग पुग्ने गर्दछन । तर एक चोटी गोदावरी घुम्न पुगेका पर्यटकहरु दोहोर्याएर त्यहाँ जान चाहादैनन् । कारण हो त्यहाँको सडक ।

सातदोबाटोबाट ८ किलोमिटर दुरीमा पर्ने गोदावरी क्षेत्र सडक अस्तब्यस्तका कारण सो ठाउ पुग्न घण्टौ लाग्ने गर्दछ । सडक मर्मत बिचमै रोकिदा पानि पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडक पार गरेर हिड्न निकै कष्ट हुने गर्दछ । सडकको अस्तब्यस्तका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी बताउँछन् ।
godawari road1
गोदावरी सडक निर्माण गर्न विभिन्न मितिमा दुई ठेक्का भएको थियो । कर्मनासदेखि हरिसिद्धिसम्म ४ दशमलव १५ किमि सडक विस्तार गर्न आशिष र सिएम जेभिले २०७५ कार्तीकमा सम्पन्न गर्ने गरी २९ करोड ९ लाख ७१ हजारमा ठेक्का पाएको थियो ।

त्यस्तै हरिसिद्धिबाट गोदावारीको ३ दशमल ४५ किमि सडक लामा र समान्तर जेभीले २०७६ कार्तीकमा सम्पन्न गर्ने गरी ३८ करोड ६ लाख ७८ हजारमा ठेक्का पाएको थियो । तर उचित मुअब्जा नपाएका कारण सडक निर्माण हुन सकेन । जसका कारण स्थानीयले सास्ती भोगीरहेका छन् ।

उपत्यकामा १२ सडक निर्माणधिन छन् । ती सबै जग्गा र मुअब्जा विवादका कारण सम्झौता अवधि सकिदासमेत निर्माण सम्पन्न हुन सकेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);