एजेन्सी, ८ माघ । अस्ट्रेलियाको पूर्वी क्षेत्रमा भीषण आँधीबेहरी, प्रति घण्टा १०० किलोमिटरको रफ्तारमा आएको आँधीबेहरीका कारण ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।
मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्व्तिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो । राज्य आपतकालीन सेवा एसईएसका अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए । रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो ।
केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरको रफ्तारमा आँधीबेहरी आएको बताइएको छ । सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।




