काठमाडौं, ८ माघ । राजकुमार हिरानीले ‘सञ्जु’ पछि अहिलेसम्म कुनै फिल्म घोषणा गरेका छैनन्। शाहरुख खानले पनि ‘जिरो’ पछि कुनै फिल्म गर्ने हिम्मत गरेका छैनन्। शाहरुखका फ्यान उनको नयाँ फिल्मको प्रतीक्षामा छन्। सोसल मिडियामा उनीहरू यसको माग गरिरहेका छन्।
शाहरुखसँग ३५ भन्दा धेरै स्क्रिप्ट छन्। अहिले उनी राजकुमार हिरानीको फिल्मका लागि तयारी गरिरहेको खबर आएको छ। बलिउड सूत्रअनुसार हिरानी र शाहरुखबीच फिल्म गर्ने समझदारी भएको छ। शाहरुखलाई लिएर फिल्म बनाउन हिरानी लामो समयदेखि कुरिरहेका थिए। शाहरुखलाई लिएर बनाउने फिल्म लभस्टोरीमाथि हुने बताइएको छ।
शाहरुखलाई रोमान्सका बादशाह भनिन्छ। यो फिल्मको स्टार कास्ट पनि तय भएको काजोल र करिना कपुर खान यो फिल्ममा हिरोइन हुनेछन्। काजोलको अभिनयबाट हिरानी प्रभावित छन्। काजोललाई मनाउन शाहरुखको हात छ। शाहरुख-काजोलको जोडी मन पराइन्छ।
दुवैले बाजीगर, दिलवाले दुल्हनिया ले जाएंगे, करण अर्जुन, कभी खुसी कभी गम, कुछ कुछ होताजस्ता सुपरहिट फिल्म दिएका छन्। हिरानी यो जोडीलाई आफ्नो फिल्ममा लिन चाहन्छन्। करिना पनि यो फिल्मको हिस्सा रहने छिन्। उनले हिरानीसँग ‘थ्री इडियट्स’ गरेकी थिइन्। करिना, शाहरुख र काजोललाई हिरानीको फिल्ममा हेर्न आकर्षक अनुभव हुनेछ। किङ खानका फ्यान यो फिल्म घोषणा भएको सुन्न आतुर छन्।
आजको अन्नपूर्ण पोष्टबाट