सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता

parliament_

काठमाडौं, ७ माघ । सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदै, बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता समय, माघ १२ गते निर्वाचन हुने ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।

कांग्रेसले उपसभामुख पद आफूले पाउने भए सभामुखमा उम्मेदवारी नदिने तर उपसभामुख नपाउने भए सभामुखमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले बताएको छ । कांग्रेसले संवैधानिक प्रावधानअनुसार सभामुख वा उपसभामुखमध्ये कुनै एक पदमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । आगामी माघ १२ गते आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि चुनाव हुन लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);