वर्तमान सरकार भ्रष्टचारीको मण्डलीः केपी ओली | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

वर्तमान सरकार भ्रष्टचारीको मण्डलीः केपी ओली

kp oli

विराटनगर, ३१ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार गर्नेहरुको मन्डली भएको आरोप लगाएका छन् ।

शनिबार विराटनगर आयोजित एक कार्यत्रममा बोल्दै अध्यक्ष ओलीले भ्रष्टाचारीहरुको मन्त्रिमन्डल स्थापना गरेर सरकारले विकृतिको रेकर्ड तोडेको बताएका छन् ।

अब यस्तै चाल हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका सबै सांसदहरुलाई मन्त्री बनाउने केपी वलीको आरोप लगाएका छन् ।

आयल निगमको जग्गा खरिदमा भएको घोटलाको उदाहरण दिँदै उनले सरकार भ्रष्ट भएको दाबी गरेका थिए ।

उनका अनुसार सरकारको वेतिथीका कारण राज्यका संवैधानिक निकायहरु कमजोर बन्दै गएको र यसबाट लोकतन्त्र नै कमजोर हुँदै गएको छ ।

ताजा समाचार