देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन : ओली

पोखरा । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाएका छन् ।

पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकोप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाए ।

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन रु तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन रु’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);