मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाङ, ३१ भदौ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको ज्यान गएको छ ।

तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीलाई रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट दिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी तुलसीपुरले जानकारी दिएको छ ।

मोटरसाइकल र चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);