त्रिभुवन आर्मी र संकटाबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

त्रिभुवन आर्मी र संकटाबीचको खेल बराबरीमा

छैठौ चरणका खेल सकिँदासम्म मच्छिन्द्र पहिलो र आर्मी दोस्रो स्थानमा

काठमाडौं, २९ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लवबीचको खेल बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार आर्मी र संकटाबीचको खेल १–१ गोलले बराबरीमा रोकिएको हो । आर्मीका नवयुग श्रेष्ठको गोलसंगै पहिलो हाफमा १–० ले पछि परेको संकटाले दोस्रो हाफमा बराबरी गरेको हो ।

खेलको ५५ औं मिनेटमा संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका हुन् । जारी लिगका ६ खेलपछि मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले १३–१३ अंक जोडेका छन् ।

गोल अन्तरको आधारमा मच्छिन्द्र पहिलो र आर्मी दोस्रो स्थानमा रहेका छन् । साविक विजेता मनाङ मर्स्याङ्दी १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । यसैगरी थ्रिस्टार क्लबले १० र जावलाखेल युथ क्लबले ९ अंक जोडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);