इङ्लिस प्रिमियर लिगः बर्नमाउथ २-१ ले बिजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

एजेन्सी, ३१ भदौ। इङ्लिस प्रिमियर लिग फुटबलअन्तगर्त भएको खेलमा बर्नमाउथ विजयी भएको छ । शुक्रबार  राती बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा ब्राइटनलार्इं २-१ ले हराउँदै बर्नमाउथले जित हात पारेको हो।

बर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले १ १ गोल गरे भने ब्राइटनका लागि सोली मार्चले एक गोल फर्काएका थिए । प्रिमियर लिगको यो सिजनमा बर्नमाउथको पहिलो जित हो । पाँच खेलबाट मात्रै तीन अंक जोडेको बोर्नमाउथ पुछारबाट दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकसहित ब्राइटन १४ औं स्थानमा छ ।

यसैबीच प्रिमियर लिगअन्तर्गत आज सात खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने खेलमा क्रिस्टल प्यालेस र साउथ ह्याम्पटन भिड्दैछन् ।

त्यसैगरी पौने ८ बजे हुने खेलमा हडल्सफिल्ड र लेस्टर सिटी, लिभरपुल र वर्नले, न्यूक्यासल युनाइटेड र स्टोक सिटी, वार्टफोर्ड र म्यानचेस्टर सिटी, वेस्टब्रोम र वेस्टह्याम युनाइटेड भिड्दा आजै राति सवा १० बजे टोटनह्याम हट्सपर र स्वान्सी सिटी प्रतिस्पर्धा गर्दै छन् ।