काठमाडौं, २६ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गर्नुभएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गर्नुभएको हो ।
अध्यक्ष दाहालले देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका लागि कम्युनिष्ट विचारधाराका सबै एक ठाउँमा अटाउन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।