म्यानमारका पर्यटन मन्त्रीसहितको टोली तिलौराकोटमा | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

म्यानमारका पर्यटन मन्त्रीसहितको टोली तिलौराकोटमा

myanmar pm in tilaurakot

कपिलवस्तु, १७ पुस । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गौतम बुद्धको जन्मस्थल कपिलवस्तु तिलौराकोटमा बिहीबार म्यानमारका पर्यटन मन्त्री सहित १२ जनाको टोली पुगेको छ ।

भ्रमण बर्ष २०२० को लागि लुम्बिनीमा पुग्नु भएको अवसरमा म्यानमारका पर्यटन मन्त्री ओन माउङ्गसंगै टोली तिलौराकोट पुगेको हो । तिलौराकोट भ्रमणमा आएर भग्वान बुद्धको जीवनीका बारेमा बुझ्न पाउँदा खुशी लागेको मन्त्री माउङ्गको भनाई छ ।

तिलौराकोटको ऐतिहासिक तथा पुरातत्विक महत्वका बारे पुरातत्व विज्ञहरुले प्रकाश पारेका थिए । मन्त्री माउङ्गले प्राचिन तिलौराकोट दरबारको मुख्य दरबार क्षेत्र, राजा शुद्धोधन र रानी मायादेबीका समाधिमा निर्मित गरिएको भनिएका धमनिहवाका जोडी स्तुपाको अवलोकन गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);