कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

arjun thapa magar

एजेन्सी, १७ पुस । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच भएको भिडन्तमा दुई जना सैनिकको मृत्यु भएको छ । बुधबार जम्मू–कश्मीरको राजौरी जिल्लामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु भएको भारतीय सेनाले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

मृत्यु हुनेमा भारतको महाराष्ट्रका २९ वर्षका सावन्त सन्दीप रघुनाथ र नेपालको गोरखाका रिप गाउँका २५ वर्षे अर्जुन थापा मगर रहेका छन् । पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);