सरकारले लिएको साढे आठ प्रतिशत आर्थिक वृद्धिदर असम्भव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारले लिएको साढे आठ प्रतिशत आर्थिक वृद्धिदर असम्भव

arthik bridhi

काठमाडाैं, १७ पुस । चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् ।

संघीय संसदको अर्थसमितिको बुधबार आयोजना गरेको अर्थतन्त्रको अवस्थाबारे छलफलमा उनीहरुले सरकारको अहिलेको काम गराइले लक्ष्यअनुसार आर्थिक वृद्धि असम्भव भएको बताएका हुन् ।

पुँजीगत खर्चमा देखिएको सुस्तता र राजस्व असुलीमा देखिएको खाडलले चालू आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य प्राप्त हुन असम्भव देखिएको अर्थशास्त्रीहरु बताउँछन् ।

सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा १० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जुन गत वर्षभन्दा कम हो भने राजस्व असुलीमा पनि ८५ अर्बको ग्याप देखिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);