काठमाडाैं, १७ पुस । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको नेपाल आयल निगमको जानकारी ।
भारतबाट मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य बढाएकोे निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू भइसकेको निगमले जनाएको छ ।




