नेपाल भ्रमण वर्ष २०२० को भब्य रूपमा उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल भ्रमण वर्ष २०२० को भब्य रूपमा उद्घाटन

काठमाडौं, १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को आज औपचारीक रुपमा भब्य तरिकाले उद्घाटन गरिएको छ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित आजदेखि औपचारीक रुपमा नेपाल भ्रमण वर्ष–२०२०, राजधानी काठमाडौंसहित देशभर विविध कार्यक्रमको आयोजना गरि उद्घाटन गरियो ।

राजधानी काठमाडौंसहित सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन गरिएको हो । भ्रमण वर्षलाई ध्यानमा राख्दै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएका पर्यटकीय गन्तव्यलाई सिँगारिएको छ ।

दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन भारत, चीन, जमैका र म्यानमार लगायत अन्य देशहरुका पर्यटनमन्त्रीहरू रंगशालामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);