एजेन्सी, पुस ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अग्रता , लिभरपुलद्वारा लेस्टर सिटी ४–0 गोल अन्तरले पराजित ।
बिहिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४–0 गोल अन्तरले हराएर १८ खेलमा ५२ अंक जोड्दै लिभरपुलले १३ अंकको अग्रता लिएको हो । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई, जेम्स मिल्नर र अलेक्जेन्डर अर्नोल्डले १–१ एक गोल गरे । लिभरपुलले प्रियिमर लिगका १८ खेलमा १७ खेलमा दुई अंकमात्र गुमाएको छ ।
बिहिबार राति नै म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको छ । यसैगरी चेल्सी साउथह्याम्पटनसँग २–0 गोल अन्तरले पराजित हुदाँ आर्सनलले बर्नमाउथसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको छ । जारी प्रिमीयर लिगमा म्यान्चेस्टर सिटी तेस्रोे र चेल्सी चौथो स्थानमा रहेका छन् ।