धरहरा निर्माणको कार्य तिब्र, चौथो तलाको काम जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

धरहरा निर्माणको कार्य तिब्र, चौथो तलाको काम जारी

dharahara

काठमाडौं, ८ पुस । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माणको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।

मंगलबार धरहराको निमार्ण कार्यको अनुगमनपछि ज्ञवालीले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइरहेको बताउनु भयो । अहिले चौथो तलाको काम भइरहेको र एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको समेत बताउनुभयो ।

अनुगमनमा धरहरा निर्माण गरिरहेको रमण कन्स्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भौतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा सुरुगरिएको धरहरा पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्ष पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । निर्माण कार्यमा अहिले दैनिक १ सय ५० जना कामदार संलग्न छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);