एजेन्सी, ८ पुस । अमेरिकी विमान निर्माता कम्पनी बोइङले प्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनवर्गलाई वर्खास्त गरेको छ । बोइङको बोर्डले मुलेनवर्गलई पदबाट हटाउने निर्णय गरेको हो ।
केही दिनअघि मात्र आफ्ना उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले प्रमुख कार्यकारी अधिकृतसमेत हटाएको छ । पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथियोपियामा दुई वटा बोइङ दुर्घटनाग्रस्त भएपछि विमानको सुरक्षाको विषयमा सर्वत्र आलोचना भएको थियो ।
यसैबीच रिक्त रहेको उक्त पद कम्पनीका अध्यक्ष डेविड कोलहनले आगामी जनवरीदेखि सम्हाल्ने बताइएको छ । बोइङले बोर्ड सदस्यहरुको जिम्मेवारी हेरफेर गरेकाले आगामी दिनमा आफ्नो व्यापारिक विश्वशनियता पुनः कायम राख्ने विस्वाससमेत व्यक्त गरेको छ ।