'अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रहरी र वकिलबीच समन्वय आवश्यक' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

‘अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रहरी र वकिलबीच समन्वय आवश्यक’

anusandhan-sammelan

काठमाडौं, ६ पुस । प्रहरी र सरकारी वकिलका बिचमा समन्वय र सहकार्यबाट अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् । यी दुइको बीचमा सहकार्य भएमा मात्रै सरकार वादी फौजदारी मुद्दाको काम कारवाही प्रभावकारी हुने र सफलता हासिल हुन सक्ने अनुसंन्धानकर्ताहरुको भनाई छ ।

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागीहरुले मुलुकी अपराध संहिता लगाएतका नया फौजदारी कानुनहरु कर्यान्वयनमा आएको सन्र्दभमा अनुसंन्धानकर्ता र अभियोजनकर्ताहरुलाइ एकै थलोमा जम्मा गरि मुलुकी अपराध संहिता समेतका फौजदारी कानुन र कार्यबिधी तयार गर्न सहयोग पुग्ने बताएका छन् ।

प्रबिधीको विकाससँगसँगै अपराधको प्रकृति पनि बढेकाले नयाँ नयाँ प्रबिधीको प्रयोग गर्दै नेपाल प्रहरीले अनुसंन्धानलाई प्रभावकारी बनाउदै लगेको प्रहरीको भनाइ छ ।

anusandhan-sammelan1

मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्थामा सुधार हुदै गएको सरकारी वकीलहरुको भनाइ छ । सरकारी मुद्दाहरु फितलो हुन्छ भन्ने आम सोचाईलाई पछिल्लो समय गलत साबित हुदै गएको उनीहरुको भनाइ छ ।

पछिल्लो समयमा सरकारले करिव ७० प्रतिशत भन्दाबढी मुद्दाहरु जितेको तथ्याङले देखाएको छ । अनुसन्धानकर्ता एवम् अभियोजनकर्तासँग राखिएका अपेक्षाहरु, सरकार वादी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण संकलन एवम् परीक्षणको अवस्था, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ता बीचको समन्वय र सहकार्य, धेरै महत्वपुर्ण हुने वकीलहरुको भनाइ छ ।

अपराध पीडित संरक्षण ऐनको कार्यान्वयनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको जिम्मेवारी एवम् कार्यसम्पादनमा सुधारका लागि लाग्नुपर्नेमा सम्मेलनमा जोड दिइएको थियो । सम्मेलनमा सरकारी फौजदारी मुद्दाको अनुसन्धानकर्ता, नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु, अभियोजनकर्ताका रुपमा सरकारी वकीलहरुको सहभागीता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);