'टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन सबैको ऐक्यबद्धता आवश्यक' | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

‘टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन सबैको ऐक्यबद्धता आवश्यक’

occupy tudikhel-poush5

काठमाडौं, ५ पुस । अतिक्रमणका कारण मासिँदै गएको टुँडिखेल बचाउने अभियानप्रति सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मले चासो देखाउनुपर्ने अभियन्ताहरुले बताएका छन ।

टुँडिखेललाई अतिक्रमण मुक्त बनाउन शनिबार आयोजित अकुपाइ टुँडिखेल अभियानमा सहभागी भएर अभियान्ताहरुले टुँडिखेललाई खुला रूपमै राख्न माग गरेका छन । खुल्ला मञ्च अहिले चारैतिर धेराउ गरेर अतिक्रमणको चपेटामा परेकाले यसको संरक्षण को अभिभारा आम जनताको काँधमा आएको अकुपाइ टुडिखेलका अभियन्ताहरुको बुझाइ छ ।

अभियन्ताहरुले टुँडिखेललाई पहिलेकै अवस्थामा फर्काउन माग गरेका छन । देश बिकासको नाममा भएका इतिहास र सम्पदाहरुलाइ जर्गेना गर्नुपर्ने र टुँडिखेलको संरक्षण गरेर यसको ऐतिहासिक, सामाजिक तथा प्राकृतिक महत्वलाई संरक्षण गर्नुपर्ने माग अभियनताहरुले गरेका छन ।

टुँडिखेलमा बनेको बसपार्क लगायतका संरचना र कुरूप बनेको टुँडिखेललाई खुला स्थानकै रूपमा राख्न र सबै मिलेर टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन लागिपर्न अभियान्ताहरुले सबैलाइ आग्रह समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);