तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ

काठमाडौं, १ पुस । महानगरिय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैलाउने उद्देश्लय अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ । महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ ।

अभियानको शुभारम्भमा आयोजित कार्यक्रममा बोल्दै महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेश थापाले एक वर्षमा २ हजारको संख्यामा नागरिकको ज्यान जाने गरी दुःखद घटनाहरु घट्ने गरेको बतानउनुभयो ।

प्रमुख थापाले दुर्घटनाबाट २, ४ जनाको मात्रै पनि जीवन बचाउन सकेमा तीस वर्षे सेवा अवधिमा पाएको तलब भत्ता भन्दा ठूलो कमाई त्यही नै हुने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपाल सरकार र यातायात मन्त्रालयले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो । आकाशेपुलहरु निर्माण भएपनि त्यसको प्रयोग नहुनु दुःखद भएको भन्दै उहाँले आकाशे पुल रमिता हेर्नका लागि मात्रै प्रयोग गर्ने गरिएको बताउनुभयो ।

अखिल नेपाल मजदूर सङ्घका अध्यक्ष सोम तामाङलगायतले श्रमजिविहरुलाई मात्रै दोष दिने काम भएको तर सरकारबाट उनीहरुका लागि सचेतनात्मक कार्यक्रम नभएको गुनासो गर्नुभयो ।

अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उहाँले दुर्घटना परेपछि कानुनको पाठ सिकाउनु भन्दा पहिले नै सचेतनामुलक कार्यक्रम हुनुपर्ने बताउनुभयो ।

उच्च माध्यामिक विद्यालय सङ्घका कार्यवाहक अध्यक्ष युुवराज शर्माले प्रविधिको प्रयोगले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताउँदै शैक्षिक क्षेत्रबाट कार्यक्रममा सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुु-याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);