कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न सक्दैन : नेता गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न सक्दैन : नेता गौतम

bamdev gautam

काठमाडौं, १ पुस । नेकपाका नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी आवश्यक रहेको बताउनुभएको हो ।

नेता गौतमले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्ने समेत बताउनुभयो । उहाँले चक्लाबन्दी नगरे कृषिमा अन्य मूलु्कहरुसँग प्रतिस्पर्धा गर्न नसकिने समेत उल्लेख गर्नुभयो ।

नेता गौतमले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको गौतमको भनाई छ ।
krishi bamdev

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);