उपभोक्ता समितिबिना खानेपानीको पूर्वाधारको विकास असंभव : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

उपभोक्ता समितिबिना खानेपानीको पूर्वाधारको विकास असंभव : मन्त्री मगर

khanepani-mantri magar

काठमाडौं, २९ मंसिर । खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरुका समस्या समाधानका लागि सरकार गम्भिर रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा सरोकारवालाले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरु नमुना आयोजनाको रुपमा स्थापित भएको बताएका थिए । उनीहरुले आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा सरकारले सिचाईं सरहलाई दिने सहुलियत नदिदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गरेका थिए ।