पाँचखालमा सुनकोसीको पानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाँचखालमा सुनकोसीको पानी

khane pani

काठमाडौँ, १५ भदौ । पाँचखाल नगरपालिकाले २ अर्ब २२ करोड रुपैयाँ लागतमा एकीकृत बृहत् खानेपानी आयोजना निर्माण गर्ने भएको छ। त्यसका लागि सुनकोसी नदीको पानी लिफ्टिङ गरेर पाँचखाल ल्याउने योजनाअनुसार बिहीबार सुनकोसी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, पाँचखाल नगर प्रमुख महेश खरेल र सहरी खानेपानी तथा सरसफाइ आयोजना प्रमुख विद्यानाथ भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। लामो समयदेखिको प्रयासमा खानेपानीको सहमतिपत्रमा नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा तथा प्रदेश सभाका सांसद लक्ष्मण लम्सालको रोहवरमा हस्ताक्षर भएको हो।

हस्ताक्षरपछिको कार्यक्रममा मन्त्री बाँस्कोटाले मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना पाँचखाल खानेपानी आयोजना रहेको बताए। उनले पाँचखालको खानेपानी आयोजना मेलम्ची खानेपानीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए। मेलम्ची खानेपानीजस्तो नहोस्र समयमै सकिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले खानेपानी समस्या समाधान गराउन सुनकोसी खानेपानी परियोजना निकै फलदायी रहेको बताए। उनले तोकिएको समयमा पूरा गराउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने जानकारी दिए। सहरी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराईले आयोजना पाँच वर्षमा सुनकोसीको पानी घरघरमा पुर्‍याउने योजनासाथ काम सुरु भएको बताए।याे समाचार अन्नपूर्णपोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);