पुनर्निर्माणमा काठमाडौं पछाडि | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पुनर्निर्माणमा काठमाडौं पछाडि

kathmandu_mahanagarpalika

काठमाडौँ, १५ भदौ । भूकम्पले क्षति पुर्‍याएका निजी घर पुनर्निर्माणमा अन्य जिल्लाको तुलनामा काठमाडौं पछाडि परेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको १४ जिल्लाको अनुदान सम्झौताको तथ्यांकअनुसार सबैभन्दा धेरै गोरखा जिल्लामा ९९ प्रतिशत सम्झौता भएको छ।

सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा र सिन्धुलीको ९७ प्रतिशत सम्झौता भएको छ। ललिपुरको ८८, काठमाडौंको ८७, भक्तपुरको ८६ र मकवानपुरको ८१ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ। बाँकी जिल्लाको अवस्था भने ९० प्रतिशतभन्दा माथि छ।

काठमाडौंमा अनुदानको पहिलो किस्ताको सम्झौता ठिकै देखिए पनि दोस्रो र तेस्रो किस्ता बापतको रकम भुक्तानको अवस्था कमजोर देखिएको हो। निजी घर निर्माणका लागि तीन किस्ता गरी सरकारले तीन लाख रुपैयाँ उपलब्ध गराउँछ। सम्झौता भएपछि पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ताबापत डेढ लाख र तेस्रो किस्ताबापत एक लाख रुपैयाँ पाउने व्यवस्था छ। याे समाचार अन्नपूर्णपोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);